कर्रा खोलालाई सुरक्षित व्यवस्थापन गर्दै ५ नम्बर वडा अध्यक्ष

निरन्तर न्यूज
१ श्रावण २०७६, बुधबार १९:१६

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनीया हेटौँडा ५ र ८ को बीच भएर बग्ने कर्रा खोलालाई बढिले कटान गरेर अन्यत्र धार बनाएपछि त्यसको व्यवस्थापनमा जुटेका छन् ।

करिब पाँच दिनदेखि कर्रा खोलामा एक्साभेटरको प्रयोगले स्थानीयको जग्गामा पसेको कर्रा खोलालाई सहि दिशामा बगाउनको लागि काम गरिरहेको अध्यक्ष बाँनीयाले बताए ।

तीनवटा एक्साभेटर लगाएर हेटौँडा ५ र ८ का जनताहरुको सहमतिमा कर्रा खोलालाई सही धारमा ल्याउन करिब २ किलोमिटर लम्बाई तथा ६० मिटर चौडाइ रहेको खोलामा नियमित काम भैरहेको वडा अध्यक्ष बाँनीयाले जानकारी दिए ।

अध्यक्ष बाँनीयाले भने ‘करिब १० लाख बराबरको बजेटको अनुमान गरिएको छ, बजेट थपघट भएमा सोहि अनुसारको पहलकदमी दिनुपर्ने देखिन्छ, मुख्य कुरा खोलालाई आफ्नै ठाउँमा बगाउने व्यवस्था गर्ने उनले बताए ।

शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष देबी बहादुर बुढाथोकीले खोलालाई सहि ठाउँमा हिडाउने कार्य भइरहेको बताउँदै यसमा वडा ५ र ८ का टोलवासीहरु खुशि रहेको बताए ।

केहि दिन अघिको अविरल वर्षाको कारण हेटौँडा उपमहानगरपालिका वार्ड नं ५ को शान्तिनगर, गर्दोही, क्याम्पाडाँडाको वस्ति डुवानमा परेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*