सांसदहरुले १५ दिनको तलब बाढी पीडितलाई दिने
साउन १, जनकपुरधाम । समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का प्रदेश सभा सदस्यहरुले आफ्नो १५ दिनको तलब बाढी पीडितको राहतको लागि उपलब्ध गराउने भएका छन् ।
समाजवादी पार्टी संसदीय दलका नेता समेत रहनु भएका प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा सदस्यहरुले १५ दिनको तलब राहतको लागि दिने निर्णय भएको जानकारी गराउनु भएको हो ।
यस अघि मन्त्री परिषदको बैठकले मन्त्रीहरुको एक महिनाको तलब दिने निर्णय गरिसको छ ।