पत्रकारलाई धम्की दिने घिमिरेलाई अनुसन्धान गर्न १० दिने म्याद
१ साउन, हेटाैँडा । तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई धम्की दिने मकवानपुरगढी गाउँपालिकामा बनेकाे एक उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेलाई मकवानपुर प्रहरीले पक्राउ गरी १० दिन थुनामा राख्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले घिमिरेलाई १० दिन थुनामा राख्न आज आदेश दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मुद्धाको अनुसन्धान गर्न प्रहरीलाई १० दिनको समय दिएका हुन् ।
अभियुक्त घिमिरेलाई १० दिन आफ्नो हिरासतमा राखी मुद्धाको बारेमा अनुसन्धान गर्ने प्रहरीले जनाएकाे छ ।