पत्रकार पुडासैनी माथिकाे धम्की प्रति प्रेस युनियनद्वारा खेद
हेटाैँडा । नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीलाइ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेबापत ज्यान मार्ने धम्की आएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुरले गम्भीर ध्यानाकर्षण सहित खेद प्रकट गरेकाे छ ।
यूनियनले एक प्रेेस विज्ञप्ति जारी गरि गढि –३ स्थित भानु मावि देखि फुटसल मैदानसम्म भएको एक सय १० मिटर स्ल्याब ढलान एक महिना नबित्दै भत्किएको समाचार सम्प्रेषण गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की दिएको प्रति खेद प्रकट गर्दै युनियनका सचिव केशव समर्पणले जारी गरेकाे विज्ञप्तिमा समाज भएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध समाचार लेखेकै आधारमा ज्यान मार्नेसम्मको धम्की दिइनु निन्दनीय रहेेेकाेे जनाइएको छ ।
पत्रकारले लेखेको समाचारमा चित्त नबुझे खण्डन गर्ने वा त्यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था हुँदा हुँदै पत्रकारको जिउ मास्नेसम्मको अपराधमा तम्सने जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएकाे विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार पुडासैनीको जिउधनको सुरक्षा गरी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएकाे विज्ञप्तिमा उल्लेख छ ।