घुससहित तीन प्रहरी जवानलाई अख्तियारले पक्रियाे

निरन्तर न्यूज
२९ असार २०७६, आईतवार २०:३७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं. गणमा कार्यरत नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो ।

सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस मागेका थिए ।

उनीहरुलाई टोखा नगरपालिका– १० बाट शुक्रबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुको थप अनुसन्धान भइरहेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*