हेटौँडा इजलासमा ११ महिनामा ११ सय मुद्दा फर्छ्यौट

निरन्तर न्यूज
२७ असार २०७६, शुक्रबार १०:०१

हेटौंडा । उच्च अदालत पाटन, हेटौंडा इजलासले ११ महिनाको अवधिमा एक हजार १ सय ५५ मुद्धाको फर्छ्यौट गरेको तथ्यांक सार्वजनिका गरेको छ ।
विहीबार हेटौँडा इजलासको कार्यलयमा पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा ७९ दशमलव ४९ प्रतिशत मुद्धाको फर्छ्यौट गरिएको अदालतका रजिष्ट्रार विकास श्रेष्ठले बताउनुभयो

। चालु आर्थिक बर्षको साउन महिना देखि यही आजसम्ममा झण्डै ८० प्रतिशत मुद्धाको फैसला गरेको समेत रजिष्ट्रार श्रेष्ठले बताउनुभयो ।

। चालु आर्थिक वर्षको कुल मुद्धा एक हजार ४ सय ५३ मध्यमा एक हजार १ सय ५५ मुद्धाको फर्छ्यौट भएको श्रेष्ठले जानकारी दिनुभयो । अव अहिले गत वर्षको २ सय ९४ मुद्दा समेत गरि आजका दिन सम्म जम्मा २ सय ९८ वटा मुद्दामात्र बाँकी रहेका छन् ।

चालु आर्थिक वर्षको साउन महिना देखि यही असार २५ गते सम्ममा एक हजार एक सय ५९ वटा मुद्धा उच्च अदालत पाटन हेटौंडा इजलासमा परेका थिए । बितेको आर्थिक वर्षबाट २ सय ९४ वटा मुद्धाको जिमेवारी सरेर चालु आर्थिक वर्षमा आएकोे रजिष्टार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश टेकराज नेपालले न्याय क्षेत्रका हामहिरु एउटा घेरावन्धी जस्तै परिस्थितिमा रहेका कार्य सम्पादन गर्नुपर्ने बाध्यतामा रहने गरेको बताउनुभयो । प्रत्येक न्यायधिसहरु केही न केही मुद्दासँग जोडिएका कारण तथा निष्पक्ष, स्वतन्त्र पूर्बक न्याय सम्पादन गर्नु पर्ने कारणले गर्दा अलिक खुल्ला परिवेशमा हामीहरु हिड्न नसकिने नेपालले बताउनु भयो ।

विचौलियाबाट न्यायधीशलाई कसैले प्रभावमा पार्न खोजेको सूचना सन्चारकर्मीले थाहा पाएमा हामीलाई जानकारी दिनका लागि उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायधीशहरु पुष्पराज कोइराला, चण्डीराज ढकाल, कृष्ण गिरी, गोपाल भट्टराई, महेन्द्रनाथ उपाध्याय, सूचना अधिकारी अमृत घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*