विप्लवले प्रहरी कार्यालयमा आगाे लगाउँदा प्रहरी निरीक्षक घाइते
बर्दिया । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दिया जिल्लामा पर्ने गेरुवा गाउँपालिका वडा नं ६ को वडा कार्यालयमा आगो लगाएका छन् । गएराति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगो लगाउँदा वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ ।
आगोका कारण लेखा फाँटका सम्पूर्ण काजगात नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले जानकारी दिएका छन् । उनले घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको समेत बताएका छन् ।
वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रजिअ करुम्बाङ्गले जानकारी दिएका छन् । आगो निभाउने क्रममा छानो खसेर घाइते भएका मल्लको नेपालगञ्जमा उपचार भइराखेको छ । घटनामा संलग्नको खोजी भइराखेको प्रजिअ ले बताएका छन् ।
सांकेतिक तश्विर