रेशम चौधरीकाे नेल र सर्लाहीका कुमार पौडेल मृत्युप्रकरणबारे बाबुराम भट्टराईकाे चासाे

निरन्तर न्यूज
८ असार २०७६, आईतवार ०८:१८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डमा दोषी साबित भई कैदमा रहेका रेशम चौधरीमाथि सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । भट्टराई चौधरीलाई भेट्न शुक्रबार वीर अस्पताल पुगेका थिए ।

वीर अस्पतालमा मेरुदण्डको उपचार गराइरहेका चौधरीलाई १४ किलोको नेल लगाइएको भन्दै भट्टराईले सरकारको आलोचना गरेका हुन् । भट्टराईले खुट्टामा नेल लगाइएको चौधरीको फोटो पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानुनको स्मरण गर्न आग्रह गरेका छन् ।

सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनुभएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरुदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’

आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ? भन्दै उनले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन् ।

भट्टराईले विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार मृत्युप्रकरणबारे चासो व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*