३७ किलो गाँजा बोकेको भारतीय कार सहित तिनजना पक्राउ
हेटौँडा । ३७ किलो लागुऔषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको कार सहित तिनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये १ जना नेपाली र २ जना भारतीय नागरिक रहेका प्रहरीले जानकारी दिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा पर्सा पटेरवा सुगौली गाउपालिका १ बस्ने ३२ वर्षीय साम महमद पक्राउ परेका हनु् । उनीसँगै दुई भारतीयहरू बिहार बैसाली मोहनपुर चैदाबाद बस्ने २४ वर्षीय मनिष कुमार र भारत बिहार नालन्दा मगई नोगवा उमेदनगर बस्ने ४५ वर्षिया अन्नु देवी रहेके प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको BR01CN6986 नं. को कारमा उक्त लागूऔषध ड्रयर बनाइ लुकाएर ल्याएकाे अवस्थामा फेला पारी तीनजना लाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।