ट्राफिक नियम मिच्ने सवारीबाट राज्यलाई २३ हजार राजश्व संकलन

निरन्तर न्यूज
५ असार २०७६, बिहीबार १७:१५

हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ट्राफिक नियम मिच्ने ३६ वटा सवारी साधनलाई कारवाही गरि राज्यलाई २३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र ठाकुरले जानकारी दिए ।

प्रहरी सहायक निरीक्षक श्रीप्रसाद थापा मगरको कमाण्डमा हेटौंडा–धरान–चतरा सडक खण्ड अन्तर्गत राइगाउँ, छतिवन, बेतीनी, धियाँल, फापरबारीको रुटमा चल्ने सवारी साधनलाई आज विहान स्याउलीमा चेकजाँच गरेको हो ।

चेकजाँचमा रहेका ट्राफिक प्रहरीको टोलीले सवारी चालक अनुमति पत्र नभएको, ब्लु बुक साथमा नभएको, नम्बर प्लेट नराखी सवारी साधन चलाएको, ओभरलोड सामग्री बोकेको लगायतका सवारी नियम उल्लघंन गरेको भन्दै चिट काटेको ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

चेकजाँचको क्रममा हर्नामाडीमा रहेको प्रहरी चौकीले प्रहरी समेत परिचालन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*