विखण्डनवादीको गतिविधि निगरानी गर्न गृहमन्त्रीको डिआइजीहरुलाई ब्रिफिङ
काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विखण्डनवादी तथा राजावादीले गर्ने गतिविधिलाई सुक्ष्म ढंगले निगरानीमा राख्न निर्देशन दिएका छन् ।
प्रदेश प्रहरीको जिम्मवारी लिएर सात प्रदेशमा खटिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मंगलबार निर्देशन दिँदै गृहमन्त्री थापाले जनतालाई दिने सेवा प्रभावकारी बनाउने हिसाबले आफुलाई एक जिम्मेवार नागरिक बनेर काम गर्न भनेका छन् ।
गृहमन्त्री थापाले प्रदेशको विशिष्टता र समस्या अनुरुपको रणनीति बनाएर कार्य गर्न निर्देशन दिएका छन् ।