त्रिभुवन विश्वविद्यालयमा अख्तियारको छानविन

निरन्तर न्यूज
३२ जेष्ठ २०७६, शनिबार १०:०८

काठमाडौैं । कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ ।

अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लिइएको आयोगका एक अधिकारीले बताए ।

गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी भर्नाको लिखित नतिजामा आयोगकै अधिकारी, विद्यार्थी नेता तथा कर्मचारीका आफन्त उत्तीर्ण भएको भन्दै उजुरी परेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*