सिपाहीको रासनमा भ्रष्टाचार गर्ने डिआइजी कारबाहीमा
काठमाडौं । सिपाहीलाई बिदामा पठाएर उनीहरुको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका एक डिआइजी कारबाहीमा परेका छन् ।
सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डिआइजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही सुरु गरेको हो । बाहिनीकै प्रहरीले गरेको उजुरीको आधारमा एआइजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टिभएपछि कारबाही सुरु गरिएको जनाइएको छ ।
अनसन्धानमा जवानहरुलाई लामो बिदामा पठाएर उनीहरुको रासनभत्ता लेखापालले नदिएको पाइएको हो । समाचार नयाँपत्रिका प्रकाशित छ ।