प्रतिपक्षी दलले सरकारी स्वेच्छाचारीको डटेर प्रतिवाद गर्ने

निरन्तर न्यूज
२ माघ २०८१, बुधबार ११:४५

काठमाडौं ।  विपक्षी दलहरूले  सरकारी स्वेच्छाचारीको डटेर प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा आज बुधबार बिहान बसेको बैठकमा सरकारले संसद् अधिवेशन आह्वान नगरे विपक्षी दलहरुले विशेष अधिवेशन माग समेत गर्ने निर्णय भएको माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिब रमेश मल्लले जानकारी दिएका छन् ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बुधबार बिहान बसेको बैठकले भोलि बिहिवार पत्रकार सम्मेलन समेत गर्ने मल्लले जानकारी दिएका छन् ।

बैठकमा माधव कुमार नेपाल, राजेन्द्र लिङ्देन, डिपि अर्याल, गंगानारायण श्रेष्ठ, प्रभु साहलगायतको उपस्थित थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*