हेटौंडा १४ मा बच्चासहितको चितुवा देखियो
हेटौंडा। हेटौंडा उपमहानगरको वडा नम्बर १३ र १४ को सिमानामा चितुवा देखापरेको छ।
एउटा माउ चितुवा र २ वटा चितुवाको बच्चा हरियाली टोलबाट हेटौंडा १३ र १४ जाने बाटो मयुरधापमा देखा परेको स्थानीय कुमार पोखरेलले बताएका छन् ।
साझ ५ बचेको समयमा बच्चा सहित माउ चितुवा देखापरेको पछि पदमपोखरी र मयुरधाप बासी त्रसित बनेका छन्।
अहिले चितुवा हेटौंडा १३ ॐ बाबा आश्रम पछाडी तिर उनका दाजुको घरतिर गएको भन्ने आफुले खबर पाएको पोखरेलले बताए ।
गतहप्ता पदमपोखरीमा चितुवा देखापरेको थियो। पदमपोखरीबाट २ किलोमिटर पर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।
यसबारे आफुले बुझ्ने स्थानीय चौकिका प्रमुख प्रनानी बिग बहादुर तामाङले जानकारी दिए ।
फोटो सौजन्य : कुमार पोखरेल