शिवमको नवौँ साधारण सभाले शेयरधनिलाई ९ प्रतिशत लाभांश बितरण गर्ने
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आगामी आव ०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गरेको उद्योगले जनाएको छ ।
हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।