संघको पहिलो महिला महासचिव बनिन् प्रतिमा
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचमा महासचिव पदमा प्रतिमा श्रेष्ठ विजयी भएकि छिन् । प्रतिमाले संघको इतिहास रच्दै पहिलो महासचिवमा आफ्नो नाम लेख्न सफल भएकी छिन् ।
शनिबार भएको निर्वाचनको मत परिणाम अनुसार प्रतिमा एक हजार १२ मत सहित अध्यक्ष निर्व्वाचित भएका प्रमोद सिँ रानाभाट प्यानलबाट बिजयी भएकि हुन् । प्रतिमाले एक हजार १२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धि बिकेसलाल श्रेष्ठले ७ सय १३ मत प्राप्त गरेका छन् ।
यस अघि यो प्रणाली पनि थिएन र महिला महासचिव पनि भएको छैन संघका एकजनाले जानकारी दिए ।
निर्वाचनमा एक हजार ८ सय १६ जनाले मतदान गरेका थिए ।