वस्तुगतको उपाध्यक्षमा काब्यमणी र सदस्यमा पुडासैनी बिजयी
हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन ।
शनिबार सार्वजनिक भएको मत परिणामअनुसार १५ मतसहित काव्यमणि अधिकारी वस्तुगतर्फ उपाध्यक्ष निर्वाचित भए । अर्का आकांक्षी प्रदीप अर्याल ११ मतसहित पराजित भए ।
वस्तुगततर्फ २६ मत खसेको थियो । वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३–१३ मतसहित बराबरी भएको छ । यस्तै वस्तुगततर्फ सदस्यमा शम्भु पुडासैनी १२ मतसहित विजयी हुँदा ११ मतसहित कृष्ण अर्याल र ३ मतसहित गोविन्द्र चौलागाई पराजित भए ।