फोनिज मकवानपुरमा वाईवा
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाको अध्यक्षमा नवराज वाईबा चयन भएका छन् । शनिबार फोनिजको छैठौं जिल्ला अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्ष पदमामा सन्देश थिङ, सचिवमा मनिता राना, सहसचिवमा निशा गुरुङ र कोषाध्यक्षमा भुवन घलान लगायको पदाधिकारी चयन भएका छन् । सदस्यहरुमा जमुना थिङ, सम्झना थापामगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रवीन्द्र वाईबा र विवेक सिन्तान चयन भएका हुन् ।
अधिवेशनले फोनिज केन्द्रीय पार्षद्मा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता डंगोल, सुवर्णलाल श्रेष्ठ र उमेश राईलाई चयन गरेको छ । यस्तै, प्रदेश पार्षद्मा अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, बिसाल कुमार राईलाई चयन गरिएको निर्वाचन मण्डल संयोजक बिशाल आलेले जानकारी दिए । अधिवेशनको अवसरमा अग्रज पत्रकार मोहन मान संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट विशिष्ट आतिथ्यता रहेको अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा स्वतन्त्र पत्रकार संघ केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समुह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, नेपाल प्रेस यूनियन मकवानपुर अध्यक्ष सुबाश बिडारी, प्रेस चौतारी मकवानपुर उपाध्यक्ष पुष्पराज अधिकारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, नेपाल पत्रकार महासंघ मकवानपुर सहसचिव तथा समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुर सदस्यहरु गणेश दुलाल, रबिन ढुंगानालगायतको उपस्थिति थियो ।
कार्यक्रम फोनिज मकवानपुर अध्यक्ष अशोक सुजन श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भयो ।