मकवानपुर उद्याेग बाणिज्य संघकाे निर्वाचनमा आज उम्मेदवारी दर्ता
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारहरुले बिभिन्न पदहरुमा आज उम्मेदवारी दर्ता गराएका छन् ।
संघको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा विभिन्न उद्योगी व्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार विहान देखी मतदान कार्य हुने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
संघको आसन्न निर्वाचनमा अध्यक्षमा प्रमोद सिं रानाभाट र अनिल अग्रवाल, महासचिवः विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य(भाई) र तेजराज अधिकारी, सह-कोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेको उम्मेदवारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले बताए ।
निर्विराेध निर्वाचित
निर्वाचन अधिकृत ढकालका अनुसार हेटाैँडा औदाेगिक क्षेत्रबाट एशाेसिएट सदस्यमा सुकृतराज पराजुली निर्विराेध भएका छन् । त्यसैगरि मनहरी आरक्षणमा शकर प्रसाद कालाखेति, बहुराष्ट्रिय एशाेसिएटबाट बिक्रम कुमार सन्जेल निर्वाचित भएका छन् । उद्याेग तर्फकाे सचिवमा रुपकराज दाहाल निर्विराेध भएका छने भने एशाेसिएट तर्फकाे सचिवमा माधव ज्ञवाली निर्वाचित भएकाे ढकालले जानकारी दिएका छन्।
वाणिज्यतर्फ
उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुलीको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्यहरुमा राजेन्द्र लामिछाने(राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञ बहादुर राई र होमनाथ खनाल(रोशन) रहेका छन् भने महिला आरक्षणतर्फ निलमकुमारी पाण्डे, निलम बजगाई र मुनाकुमारी पाठकको उम्मेदवारी दर्ता भएको छ ।
एशोसियटतर्फ
उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाईको उम्मेदवारी परेको छ भने सचिवमा माधव ज्ञवालीको मनोनयन दर्ता भएको छ । सदस्यहरुमा भने अंकिता सुमार्गी, नवराज खतिवडा, पुजन विडारी, हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली र बहुराष्ट्रियबाट विक्रमकुमार सञ्जेलको उम्मेदवारी परेको निर्वाचन अधिकृत ढकालले बताए ।
उद्योगतर्फ
उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्र प्रसाद घिमिरेको उम्मेदवारी परेको छ । उद्योग सचिवमा रुपकराज दहाल सदस्यहरुमा भने कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दहाल, दीपक शिवाकोटी, भुपेन्द्रप्रसाद अधिकारीको परेको छ । महिला आरक्षणतर्फ भने मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको अधिकृत ढकालले बताए ।
वस्तुगततर्फ
उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेदवारी परेको छ । सचिवमा भने राजाराम कार्की र नेत्रप्रसाद खतिवडाको नाम दर्ता भएको छ । सदस्यहरुमा भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, मनहरी आरक्षणतर्फ नारायण अधिकारी र शंकरप्रसाद कालाखेतीको उम्मेदवारी परेकोमा सुवेदीकोृ उम्मेदवारी रद्द भएको अधिकृत ढकालले बताए । उनी मात्रै होइन उद्योगतर्फका उम्मेदवार गंगाकुमारी श्रेष्ठको पनि उम्मेदवारी रद्द भएको बताए ।
दावी विरोध पश्चात उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजे प्रकाशन गरिने बताए ।