शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड

निरन्तर न्यूज
२४ पुष २०८१, बुधबार १९:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रममा प्रचण्डले केही राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा नदेखिएको भन्दै दबाब सिर्जना गर्नुपर्ने बताएका हुन् ।

सडकबाट दबाब भएर अब पनि शान्ति प्रक्रिया नटुङ्ग्याए समस्या हुन्छ भन्ने नपारे अबको १८ वर्षसम्म पनि शान्ति प्रक्रिया टुङ्गिन नसक्ने खतरा देखिएको प्रचण्डले बताए ।

एकतावद्ध भएर शान्तिपूर्ण ढङ्गले राजनीतिक नेतृत्वलाई दबाब बनाइराख्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*