आज हेटाैडा आसपास बढ्याे चिसाे ( देशभर मौसमकाे अवस्थासहित )

निरन्तर न्यूज
२४ पुष २०८१, बुधबार ११:२३

हेटाैँडा । आज विहानैदेखि हेटाैँडा आसपास क्षेत्रमा चिसाे बढेकाे छ । तापक्रम १३ डिग्री सेल्सियस पुगेर अन्य दिन भन्दा आज बढि चिसाे भएकाे हाे ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टा गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*