पूर्वउपराष्ट्रपतिबारे ‘प्रचण्ड’ : मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो

निरन्तर न्यूज
२३ पुष २०८१, मंगलवार २०:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर ‘प्रचण्ड’को आलोचना गरेका थिए । पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।

जवाफमा ‘प्रचण्ड’ले आफूले नबोलाएको र पूर्वराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् ।

‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भूमिकामा आउनु चाहन्छु भनिरहनुभयो,’ ‘प्रचण्ड’ले भने । केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर ‘प्रचण्ड’ले ‘ आमन्त्रितकै रूपमा बोलाएको’ दाबी गरे ।

पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक-पटक दोहोर्‍याए । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो’ ‘प्रचण्ड’ले भने ।

कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि ‘प्रचण्डले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*