हेटौंडामा भुकम्पको धक्का

निरन्तर न्यूज
२३ पुष २०८१, मंगलवार ०७:२०

हेटौंडा । हेटौंडामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ६:५० मा भूकम्प गएको हो । भूकम्पको धक्काले हेटौंडाका नागरिकहरु सडकमा निस्किएका छन् । भुकम्प मकवानपुर आसपासमा समेत महसुस भएको कुरा सामाजिक सन्जालमा लेखिएको छ ।

पुर्बी नेपालको बिराटनगरका साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

चीनको तिब्बत केन्द्रविन्दु भएर ७‍‌‍‍‍‍.० म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रविन्दु संखुवासभानजिकै रहेको तिब्बतको सिगट्से रहेको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*