सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ?
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले आज (सोमबार)देखि लागू हुनेगरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ३ प्रतिशतसम्मले बढाएको हो ।
जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।