यस्ताे छ रास्वपा केन्द्रीय समिति बैठककाे निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।
शनिबारदेखी स्वयम्भूमा सुरु भएको बैठक आइतबार विभिन्न ११ वटा निर्णय गर्दै सम्पन्न भएको कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझाव सहित पारित गरिएको छ । राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता झाले जानकारी दिए ।
प्रवक्ता झाका अनुसार संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ ।