हेटौंडामा भुकम्पको धक्का,केन्द्रबिन्दु सिन्धुपाल्चोक

निरन्तर न्यूज
१८ पुष २०८१, बिहीबार १३:५२

हेटौंडा । हेटौंडामा भूकम्पको धक्का महसुस भएको छ। आज बिहीबार एक बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

हेटौंडामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जनाइएको छ। सिन्धुपाल्चोकको माझिमटार आसपास केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्पको धक्का काठमाडौं, चितवन, नुवाकोट, मकवानपुर लगायतका जिल्लामा महशुस गरिएको थियो।

हेटौंडाका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा पनि लेखेका छन्।

थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*