नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवामा सिफारिस
निरन्तर न्यूज
१८ पुष २०८१, बिहीबार १०:४९
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी दर्जामा बढुवा सिफारिस गरेको छ ।
कडायत गत सातामात्र लुम्बिनी प्रदेश प्रहरी प्रमुखबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका हुन् । दुवैले वर्तमान आईजीसँगै चैत ४ मा सेवा अवधिका कारण अवकाश पाउने छन् ।