माधव र वामदेव एक हुने, १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी

निरन्तर न्यूज
१७ पुष २०८१, बुधबार १८:४०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक निष्कर्षका साथ टुंगिएको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भएको वार्तामा एकता गर्ने विषय लगभग टुंगो लागेको छ । १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी  गरिएकाे बुझिएकाे छ ।

छलफलपछि संचारकर्मीसँग कुरा गर्दै नेता वामदेव गौतमले कुरा सकारात्मक भएको बताए । ‘माधव जी र म एकजुट हुने भइयो ।’ उनले भने ।

भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भने ‘त्यो मलाई थाहा छैन । माधवजीले नै भीम रावललाई केही गर्ने गर्नुहोला।’

नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । गौतम नेकपा एसमा तेस्रो वरीयताका वरिष्ठ नेता हुने सहमति पनि जुटेको छ । तर वामदेवको पार्टीका अन्य नेताहरूको भूमिकाबारे भने टुंगो लगाउन बाँकी छ । यसका लागि फेरि निर्णायक वार्ता हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*