केपी ओलीलाई भीम रावलका प्रश्न र आराेप (पाठसहित)
काठमाडौं ।नेकपा एमालेबाट निष्कासित भएका डा भीम रावलले बुधबार पत्रकार सम्मेलन गरी त्यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरे ।
पूर्वउपप्रधानमन्त्री रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने पत्रकार सम्मेलनबाट घोषणा गरे । यस्तो घोषणा गर्दै गर्दा रावलले ओलीमाथि आक्रोश पोखे । पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् ।
पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापप्रति असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका छन् । ओलीप्रति निकै आक्रामक देखिएका रावलले ओलीमाथि विभिन्न ७४ वटा आरोप लगाएका छन् । उनले नेकपा विभाजनको आरोप पनि ओलीमाथि लगाएका छन् भने एमाले विभाजनमा पनि ओलीको भूमिका रहेको दाबी गरेका छन् ।
नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् ।
यस्ता छन् ओलीमाथि रावलले लगाएका आरोप र प्रश्नः