सर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाही । तीव्रगतिमा रहेको यात्रुवाहक बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षक ज्यान गएकाे छ ।
बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका बेला सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा उनको मृत्यु भएको हो ।
गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।