प्रतिनिधिसभाको सचिवमा झापाका राई नियुक्त

निरन्तर न्यूज
१६ पुष २०८१, मंगलवार २०:४१

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज नियुक्त गरेका हुन् । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

यसअघिका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि पद रिक्त थियो । त्यसपछि सभामुख घिमिरेले आफ्नो जिल्लाका राइलाई सिफारिस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*