आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ हुन्न: महामन्त्री थापा

निरन्तर न्यूज
१६ पुष २०८१, मंगलवार २०:३३

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताउका छन् ।

आज ४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयाेजना गरेकाे कार्यक्रमलाई  सम्सबाेधन गर्दै महामन्त्री थापाले कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको बताए ।

कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी दावी गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले भने ‘पटक पटक देशलाई निकास दिँदै आएको कांग्रेसले तत्कालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको भन्दै कांग्रेस अन्य दलहरुको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको औल्याउनु भयो ।’ उनले ‘संविधानको विधि प्रक्रिया अनुसार सरकारले काम गरिरहेको बताए ।

उनले भने ‘अहिले नागरिकले विकास समृद्धि र आथिक उपार्जनको माग छ । कांग्रेसले अब त्यो माग पूरा गर्नुपर्छ ।’ ‘संविधानमा रहेका कमि कमजोरी सच्याउने र व्यवहारमा ठिक ढंग अघि बढ्न संविधान संशोधन गर्नेगरी सत्ता साझेदार दलहरु बीच संयन्त्र निर्माण भएको छ सो संयन्त्रले साझा धारणा निर्माण गरेर अन्य दलसंग संवाद गरेर संरचनागत एजेण्डामा छलफल गरिने छ ।’

सहकारी ठगीमा कांग्रेसका कोहि नेता कार्यकर्ता जोडिए तत्काल पक्राउ गरी कानुन अनुसार कारवाही गर्नुपर्ने उनले बताए ।  कांग्रेसबाट आफू स्वयम नै भ्रष्टाचारको अभियोगमा पक्राउ परेमा पार्टीको झण्डा बोकेर सडकमा नआउन महामन्त्रीले आग्रह गरे ।

मकवानपुर जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मोहन आचार्य, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला पूर्व सभापति रघुरमण न्यौपाने, मकवानपुरका नेता जयराम लामिछाने, क्षेत्र १ का संघीय सभापति दामादर खनाल, क्षेत्र २ प्रदेश खका सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला, काठमाडौं मकवानपुर सम्र्पक समितिका अध्यक्ष तेजप्रसाद घिमिरेलगायतले आफ्ना भनाइ राखेका थिए । सोही अवसरमा ३० जना पार्टीमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*