दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ सर्वसाधारणका लागि खुल्ला

निरन्तर न्यूज
८ पुष २०८१, सोमबार १८:२५

हेटौँडा । दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि आजबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

मकवानपुर र बारा जिल्लाकाे सिमानामा पर्ने हेटाैँडा उपमहानगर–१५ स्थित प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल चुरियामाई मन्दिरसँगै रहेको १ सय ७ वर्ष पुरानाे सुरुङ आज सोमबारबाट खुला गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङ मार्गको उद्घाटन गर्दै सुरुङ सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री लामाले प्रदेशमा भएकाे केही आयाेजनाहरु सञ्चालनको विधि नहुँदा समयमै प्रयाेग गर्कुन नसकिने कुरालाई ध्यानमा राखेर विकास निर्माणकाे  कामलाई समयमै व्यवस्थान गरि प्रयाेगमा ल्याउपर्ने बताए । ‘यसाे हुँदा पर्यटकीय सम्भावना बाेकेकाे आयाेजना आयआर्जनसँग पनि जाेडिनेछ’ मुख्यमन्त्री लामाले भने । मुख्यमन्त्री लामाले हेटाैँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई सुरुङ सन्चाननकाे साँचाे हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री डाेरमणी पाौडेलले चुरियामाई सुरङ जस्ता ऐतिहासिक याेजनालाई सरकारले संरक्षणर सम्वर्द्धन गरि सन्चलन गर्नपर्ने बताए ।

प्रदेश सरकार भौतिक पूर्वाधार निर्देशनालय हेटाैँडाले  २०७८ वैशाख १९ मा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग ३ करोड ६५ लाख रुपैयाँकाे ठेक्का सम्झौता गरि सुरुङ मार्गको जीर्णोद्धार गरेको हो । सुरुङ मार्ग २ सय २५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ । २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको युक्त सुरुङ मार्ग एक वर्षपछि सञ्चालनमा ल्याइएको हो । सुरुङ मार्ग सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो ।  सुरुङ मार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*