जनयुद्ध शब्दमा प्रतिबन्ध लोकतन्त्रको उपहास : जनार्दन शर्मा

निरन्तर न्यूज
६ पुष २०८१, शनिबार ०८:४७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले प्रतिबन्ध लोकतन्त्रको उपहास भएको बताउनुभएको छ । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न दिएको अन्तरिम आदेशप्रति लक्षित गर्दै शर्माले जनयुद्ध शब्दमा प्रतिबन्ध लगाउनु लोकतन्त्रको उपहास भएको बताउनुभएको हो ।

उपमहासचिव शर्माले सामाजिक संजालमा लेख्नुभएको छ -‘तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु। तर युगको माग , युवाको दिमाग र प्रविधिको विकाससंगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार ए आई मा सवार हुनेछौं। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौं।’

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले सो आदेश गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*