काेशीमा माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

निरन्तर न्यूज
५ पुष २०८१, शुक्रबार ०८:३९

काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन् ।

माओवादी दलका नेता आङ्बोले विहीबार पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न आग्रह गरे । उनले सहकारी ठगीमा दोषी देखिएकालाई कारवाही गर्नुपर्ने माग गरे ।

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन् । त्यसपछि माओवादीले राजीनामा मागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*