केन्द्रीय सदस्य राइको निधनका कारण गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

निरन्तर न्यूज
९ मंसिर २०८१, आईतवार ११:३८

काठमाडौँ ।  गणतन्त्र सेनानी कोषको आज हुने भनिएको गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य पदमबहादुर राईको निधनका कारण सम्मान कार्यक्रम स्थगित गरिएको कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

केन्द्रीय सदस्य राईको निधनप्रति दुःख व्यक्त गर्दै सम्मान कार्यक्रम स्थगित गरिएको सहयात्रीले बताए । दिउँसो १२ बजे गणतन्त्र स्थापनाका लागि भूमिका खेलेका योद्धाहरूमध्ये १५ जनालाई पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*