रविको हिरासत बसाइ सामान्य

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार ११:१५

काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइ सामान्य रहेको छ ।

कास्की प्रहरीको हिरासतमा दस दिन बिताइसकेका रविलाई भेट्न आउनेहरूलाई सहज सुविधा दिइएको र प्रहरीबाट कुनै दुर्व्यवहार नभएको स्रोतले बताएको छ ।

रविको कोठा कास्की प्रहरी कार्यालयको माथिल्लो तल्लामा रहेको गार्डको सुत्ने कोठामा छ, जहाँ उनी एक्लै बसिरहेका छन् ।

कोठामा खाट, ओढ्ने–ओछ्याउने सामग्री, एउटा टेबल, र लुगा झुण्ड्याउने ह्याङ्गरको व्यवस्था छ । कोठाको झ्याल र ढोकाबाटै आगन्तुकहरूले उनलाई भेट्न र कुरा गर्न सक्दछन् ।

रविले हिरासतमा दैनिक भेटघाटको लागि दुई सत्रमा समय पाएका छन् – बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ३ देखि ५ बजेसम्म, जसमा रास्वपाका नेता र कार्यकर्ताहरू उनलाई भेट्न आउँछन् ।

उनलाई बाहिरबाट खाना मगाउन दिइएको छ । पुस्तक, पत्रपत्रिका र टिभी पनि उपलब्ध छन् । उनले आफ्नो समय पुस्तक पढ्न, डायरी लेख्न र टिभी हेर्नमा बिताइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*