हेटौंडामा तामाको तार तथा मोटरसाइकल चोरी गर्ने गिरोह र कवाडी संचालक प्रहरी फन्दामा
हेटौंडा । मकवानपुरमा बिधुतिय तार चोरी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । यस्ता कवाडीका सामान खरिदबिक्री गर्ने व्यापारीहरुको पनि संलग्नता रहेको पाइएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेका सामान र चोरीमा संलग्नहरुलाई हेर्ने हो भने पनि व्यक्तिका घर, सार्वजनिक निकायमा प्रयोग भएका बिधुतिय तार चोरी गर्ने गिरोह निकै सक्रिय रहेको पाइएको छ । यसमा हेटौंडामा कवाडीका सामान खरिद गर्नेहरुले पनि बिधुतीय तार खरिद गर्दा थप समस्या भएको प्हरीले जनाएको छ ।
हेटौंडा सिमेन्ट उद्योगमा पनि लाखौ रुपैयाँ बराबरको तामाको तार चोरी भएपछी मकवानपुर प्रहरीले यस्ता तार चोरी गरेर बिक्री गर्ने मध्य केहीलाई पक्राउउ गरेर सार्वजनिक गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारहरु सहित ३ जना व्यक्तीहरु पक्राउ गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोप्य देखी क्रसर सम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तारहरु काटि चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।
चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ लगायत अन्य ५–७ जना व्यक्तीहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै प्लटिङ गरेको जग्गमा ल्याई तारहरु छिलि हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साह लाई बिक्री गरेको भनि खुल्न आएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी हेटौडा –८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त चोरीको सामान सहितहेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय को समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको प्रहरीले् आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
यसैगरी हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भई रेहको प्रहरीले जनएको छ। यसैगरी हेटौंडा–२ स्थित शान्तीटोल बस्ने पत्रकार राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नंबरको यामाहा कम्पनीको मोटरसाइकल पार्कीङ गरी राखेको अवस्थामा चोरी भएकोमा खोजतलास गर्ने क्रममा पशुपतिनगरबाट उक्त चोरीको मोटरसाइकल सहित चोरी गर्ने हेटौंडा–८ बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाही भई रहेको छ।
यसैगरी मकवानपुरको मकवानपुरगढि गाउँपालिका वडा नम्बर–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा फेला पारी उल्लेखित समान सहित निजहरु राजेश्वर चौधरी र राहुल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।