रबि लामिछाने पक्राउको बिरोधमा रास्वपाले पोखरा र काठमाडौमा आज प्रदर्शन गर्ने

निरन्तर न्यूज
३ कार्तिक २०८१, शनिबार ०९:४७

काठमाडौं । आफ्ना सभापति ।रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौ र पोखरामा प्रदर्शन गर्ने भएको छ।

रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरिराखेका छन् ।

शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै प्रहरीले पोखरा पुर्याएको छ।

पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ।

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*