पुर्ब गृहमन्त्री लामिछानेलाई पक्राउ गरि पोखरा पुर्‍याइयो

निरन्तर न्यूज
३ कार्तिक २०८१, शनिबार ०९:४३

हेटौंडा । पुर्ब उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबि लामिछाने पक्राउ परेका छन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

शुक्रबार साँझ काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएका उनलाई राति नै पोखरा पुर्याइएको हो ।

प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच सडकमार्गबाट राति करिब ३ बजे पोखरा पुर्‍याएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
उनलाई लैजाँदै गर्दा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले विभिन्न स्थानमा नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*