मकवानपुरकाे बकैयामा राप्रपाले बितरण गर्याे राहत

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:०३

हेटाैँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला कार्यसमितिले बकैया गाउँपालिकाका बाढी पहिरो पीडित १ सय ८० घर परिवारलाई राहत वितरण गरेको छ ।

आईतवार साझ बकैया गाउँपालिका वडा नम्बर –१० को अम्बास, ठिङ्गनबेसी, धुवाकोट, केराबारी र घैयाटारका बाढी पहिरो प्रभावित १ सय ८० घरपरिवारहरूलाई अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको हो । संघिय संसद पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंह, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र वडा नम्बर १० मन्थलीका वडा अध्यक्ष कमला वाइबा लगाएत जनप्रतिनिधिहरुको उपस्थितिमा राहत वितरण गरिएको राप्रपा मकवानपुर क्षेत्र १ (ख)का अध्यक्ष उमेश थापाले जानकारी दिए ।

राहत वितरण गर्दै पुर्वाधार विकास समिती सभापति सिहले विपत्तिका कारण भएको क्षतिप्रती दुख व्यक्त गरेका थिए । गत असोज ११ र १२ गते आएको बाढि र पहिरोमा परि बकैयाका धेरै घरपरिवार प्रभावित बनेका छन । राप्रपा मकवानपुरले शनिबार पनि बकैया गाउँपालिका वडा नम्बर –१० मन्थलीका बाढी पहिरो प्रभावित ८० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*