मकवानपुरका सातवटा वडालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घाेषणा गरिने

निरन्तर न्यूज
१९ आश्विन २०८१, शनिबार २०:४५

हेटाैँडा । मकवापनुर जिल्लाको तीनवटा स्थानीय तहको सातवटा वडालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिने भएको छ ।

शनिबार विहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले इन्द्रसरोबर गाउँपालिका–१, २, ३, ४, ५, भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१० लाई प्राकृतिक विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अध्यक्षतामा बसेको वैठकले यस निर्णय कार्यान्वयनका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

‘हामीले यस क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । क्षतिको हिसाबले पनि असाध्यै धेरै भएको देखिन्छ । त्यसकारण संकटग्रस्त क्षेत्र घोषणाका लागि सरकार समक्ष सिफारिस गरेका हौं ।, ’ प्रमुख जिल्ला अधिकारी चिलुवालका अनुसार इन्द्रसरोबर गाउँपालिकामा यसपटक विपद्ले सवैभन्दा बढी क्षति गरेको छ ।

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी र फाखेल सडक खण्ड यसै पालिकामा रहेको छ । जुन एकहप्ता अगाडिको अविरल वर्षाले क्षतिविक्षत भएका छन् । पहिरोमा परेर ६जना जुनियर फुटबलरले ज्यान गुमाएको स्थान पनि यसै पालिकामा पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*