बिपद्काे दृष्टिकाेणले १४ जिल्ला संकटग्रस्त घोषणा गरिने

निरन्तर न्यूज
१८ आश्विन २०८१, शुक्रबार २०:५०

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रूपमा १४ वटा जिल्ला घोषणा गरिने भएकाे छ ।

शुक्रबार सिंहदरबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकासहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

उनले भने,‘काठमाडौं, ललितपुर, भक्तपुर, ताप्लेजुङ, सङ्खुवासभा, काभ्रे, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । यी जिल्लाहरूमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’

स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*