हेटाैँडामा आधा किलाे सुनसहित एक युवा पक्राउ

हेटौंडा। हेटौंडामा आधा किलो सुन सहित एकजना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा मंगलबार मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्र.०३–००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उक्त माईक्रोमा सवार भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफको साथ बाट उक्त परिमाणको सुन बरामद गरेको हो ।
सराफको साथबाट करिब ४९० ग्राम ८८० मिलिग्राम सुन फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।