अदालतले आमाको भूमिका निर्वाह गरेको दुर्गा प्रसाइकाे टिप्पणी
काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदर्शसँगै बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईं एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलाशले प्रसाईंलाई मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
रिहा भएपछि उनले आफ्ना समर्थकहरुलाई माइतीघर मण्डलमा सम्बोधन गरे। सम्बोधनको क्रममा उनले आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको टिप्पणी गरे ।
‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ ‘ उनले भने, ‘मलाई लगेपछि सोधियो- केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’
प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।