प्रधानमन्त्रीकाे अभिव्यक्ति : अमेरिका भ्रमण गाई दुहुन गएर दूध ल्याएजस्तो होइन

निरन्तर न्यूज
१४ आश्विन २०८१, सोमबार १८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्‌बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।

११ दिनपछि सोमबार अपराह्न स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्‌को पूर्वतयारीबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् ।

“रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्री ओलीले भने, “तर, कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो ।”

उनले थपे, “काठमाडौंमा यति डुबान हुन्छ भन्ने त कल्पना पनि थिएन, एलर्ट त थियो, यस्ता कुराहरूलाई हामीले वस्तुपरक ढङ्गले हेर्नुपर्छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका भ्रमण गाई दुहेर आएजस्तो नभएको बताएका छन् ।

तपाईंको अमेरिका भ्रमणको उपलब्धि के ? भन्ने प्रश्नको जवाफमा उनले भने, “म कुनै भैंसी दुहुनु गएर दूध लिएर आएजस्तो होइन । हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको हो, राखियो । र, त्यसै गरेर हाम्रा जस्ता समस्याहरू एउटा देशका मात्रै समस्या होइनन्, ग्लोबल हुन् । यसलाई मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*