एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

निरन्तर न्यूज
१४ आश्विन २०८१, सोमबार १७:०४

हेटाैँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शब आज सोमबार विहान हेटौंडा ल्याइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ । शनिबार सिस्नेरीस्थित टेकरमा पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हेटौँडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिका ४ का साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन्। उनीहरूको शव हेलिकप्टरबाट हेटौँडा स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । हेटौँडाको हुप्रा चउरमा तीनवटै शव राखेर श्रद्धाञ्जली सभा गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*