हेटौंडाकि एलिसाको हत्या आरोपी समीर खान पक्राउ

निरन्तर न्यूज
१८ भाद्र २०८१, मंगलवार ०५:२६

हेटौंडा । गत भाद्र १० गते हेटौंडा–१० बसपार्क स्थित रत्ना होटलमा युवतीको हत्या गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । रत्ना होटलको रुम नं २०५ मा हेटौंडा–११ नवलपुर घर भएकी २२ वर्षीया युवती अलिसा न्यौपानेको हत्या गर्ने ३२ वर्षीय समिर खान भनिने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका समिरलाई सोमबार साँझ हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान कार्य जारी रहेको भण्डारीले बताए ।

प्रहरीले शनिबार समिरका ५५ वर्षीय आमा सैरुन खान, २६ वर्षीय श्रीमति रविना खातुन, ५६ वर्षीय ससुरा लालबाबु खाँ पैठान र ३० वर्षीय जेठान फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*