सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी जेल चलान

निरन्तर न्यूज
५ भाद्र २०८१, बुधबार २१:१०

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की अदालतमा उपस्थित गराइएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी १९ औं व्यक्ति हुन्। सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई र सहकारीका आइटी शाखासमेत हेर्ने भविश्वर अर्याल अहिले कास्की कारागारमै छन्।

सहकारी ठगीमा ४४ जनालाई पक्राउ पूर्जी जारी गरिए पनि अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) सहितका व्यक्तिहरू अझै फरार छन्। यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*